काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले अक्षय कोषको रकम र लगानी योग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ अन्तर्गत बैंकहरुको मुद्दती खातामा लगानी गर्न लागेको हो ।
यसका लागी बैंकहरुले आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित आज ११ कार्यालय समय भन्दा एक घण्टा अगाडीसम्ममा आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्नुपर्ने बताएको छ । सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन हो । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहने उल्लेख छ ।






About Us
प्रतिक्रिया