आज बैंक, बीमा तथा शेयर बजार बन्द

आज बैंक, बीमा तथा शेयर बजार बन्द


बैंकिङ्ग समाचार, काठमाडौं ।

आज बुधवार संविधान दिवस परेकाले सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्थाका साथै बिमा कम्पनीहरू बन्द हुनेछन् । आज संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ।

आज असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्।