बैंकमा भएको तरलतालाई हाइड्रोमा लगानी गर्नुपर्छः मन्त्री घिसिङ


काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङले बैंक तथा वित्तीय संस्थाले अधिक तरलता बोकेर बस्दा पनि हाइड्रोमा भने लगानी हुन नसकेको बताएका छन्। नेपाल युवा उद्यमशिलता शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले एउटै प्रोजेक्टमा १० वर्ष लागेको बताएका हुन्।

‘बैंकहरुमा कति धेरै तरलता छ। तर लगानी गर्छु भनेको ठाउँमा लगानी भएको छैन। बैंकहरुमा भएको पैसालाई हाइड्रोमा किन प्रयोग गर्न सकिएन?’ उनले भने।

उनले अप्पर अरुणमा लगानी ल्याएन विश्व बैंकलाई १० वर्षदेखि पछ्याउँदा पनि अहिलेसम्म फाइनान्सिङको टुंगो नलागेको बताएका हुन्। १ हजार ६३ मेगावटको त्यस प्रोजेक्टमा अब नेपालीहरुले नै लगानी गर्ने उनले बताए।