रातोपुलबाट ३ लाख नगद र गरगहना चोरी गर्ने दुई जना भारतीय नागरिक प्रहरीको फन्दामा 


काठमाडौं – काठमाडौं महानगरपालिका रातोपुल मुनाल गल्लीस्थित एक घरमा चोरी गर्ने २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतीयारी जिल्ला थाना छिरहिया–९ महवा घर भई काठमाडौं महानगरपालिका ३१ बानेश्वर बस्ने वर्ष २२ को सुनिल साह र भारतको आन्ध्र प्रदेश तिमापुर जिल्ला कारिमानर घर भई काठमाडौं महानगरपालिका– ९ सिनामंगल भत्केको पुल बस्ने वर्ष २६ को रमेश कालम रहेका छन्। 

उनीहरूले मुनाल गल्लीस्थित एक घरमा कोही नभएको मौका छोपी ३ लाख ९ हजार नगद, सुन तथा चाँदीका गरगहनासहित चोरी गरेको प्रहरीले जनाएको छ। ढोकाको ताल्चा फुटाली कोठामा राखिएको लकर सहितको सुन चाँदीका गर–गहनाहरू चोरी गरेको भन्ने सूचना प्राप्त भई प्रहरी वृत्त मालीगाउँ बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई नियन्त्रणमा लिई उनीहरूको आफ्नो डेरा कोठामा लुकाई छिपाई राखेको नगद, सुन तथा चाँदीका गरगहना लगायत निम्न सामानहरू बरामद गरी काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ।