अवैध जुडिबुटी र २० लाख नगदसहित दुई जना पक्राउ 


काठमाडौं – काठमाडौंको नयाँबजार क्षेत्रमा यार्सागुम्बा, वन–लसुन, किटपतंग (किरा), गुच्ची च्याउ (जडीबुटी) जस्तो देखिने वस्तु लगायतका वन पैदवारहरू र २० लाखसहित दुई जनालाई प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ३१ घर भई नयाँबजार बस्ने वर्ष ३६ वर्षीय नबिला बानु र  काठमाडौंको नयाँबजार बस्ने राहदानी नं.इपी १५२३३१२ बाहक ३७ वर्षीय चिनिया नागरिक एमए मासु रहेका छन्। 

उनीहरूले जुडिबुटीहरु गैर कानूनी रूपमा संकलन, ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं अपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेका हो।

उनीहरूको साथबाट प्रहरीले नेपाली रकम २० लाख, यार्सागुम्बा जस्तो देखिने वस्तु झोलासहित ९ केजी ३६० ग्राम, वन लसुन जस्तो देखिने वस्तु बोरासहित १५७ केजी, किटपतंग जस्तो देखिने सुकेको किराहरू बोरा सहित तौल १०१ केजी, गुच्ची च्याउ जस्तो देखिने वस्तु बोरासहित ७ केजी ९०० ग्राम, गुन्द्रुक जस्तो देखिने नाम नखुलेको वस्तु (जडीबुटी) प्लास्टिकको झोला सहित ७ केजी ५०० ग्राम, तौल गर्ने मेसिन २ थान,  क्याल्कुलेटर १ थान र विभिन्न कम्पनीका  मोबाइल ३ थान बरामद गरेको छ। 

उनीहरूलाई पक्राउ गरी  वन ऐन ,२०७६ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।