जेनजी प्रदर्शनमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गर्ने एकजना पक्राउ


काठमाडौं – जेनजी प्रदर्शनमा एटिएम तोडफोडमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –८ घर भई भक्तपुरको थिमी नगरपालिका– ७ बस्ने २९ वर्षीय बुद्धिमान तामाङ रहेका छन्। 

उनलाई भक्तपुरको थिमी नगरपालिका – ७ बाट पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गरेका थिए। प्रहरीका अनुसार उनले भदौ २४ मा प्रहरी वृत्त थिमीमा आगजनी भएपछि एटिएम तोडफोड गरेका हुन्।

उनलाई ७ गते नै पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रहरी वृत्त थिमीले उनीमाथि पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।