हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डमा निवेदन पेश

हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डमा निवेदन पेश


बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्सले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। हिमालयनले ३ करोड कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो।  यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ।

यस्तै, सान्भी इनर्जी लिमिटेडले पनि ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ। यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ।