सेबोनले तयार पार्‍यो मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनको मस्यौदा, के–के समेटिएका छन् ?


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ काे प्रारम्भिक मस्यौदा तयार पारेको छ। बोर्डले प्रारम्भिक मस्यौदा उपर कुनै सुझाव भए सात दिनभित्र बोर्डको इमेल मार्फत् सुझाव पेस गर्न अनुरोध गरेको हो। 

प्रारम्भिक मस्यौदामा मार्जिन कारोबार योग्य कम्पनीका लागि ५ वटा व्यवस्था धितोपत्र बोर्डले तय गरेको छ। जसमा कम्पनीको कम्तीमा ५० लाख कित्ता शेयर सूचीकृत भएको हुनुपर्नेछ।

त्यसैगरी, नेटवर्थ चुक्ता पुँजी बराबर र सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको यससँगै, प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत निष्कासन भएको शेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएका र बोर्डले तोके बमोजिमको अन्य व्यवस्थाहरू पूरा भएका कम्पनीहरू मार्जिन कारोबारका लागि योग्य हुने सेबाेनले जनाएको छ।