काठमाडौं – काभ्रेको पनौती नगरपालिका– ९ भण्री गाउँस्थित रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– ७ बस्ने ३५ वर्षीय रिजन सैजु लगायत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६ हजार ४ सय ५५ रुपैयाँ, १६ थान कौडा र १ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया