नयाँ स्टक एक्सचेन्ज ल्याउन असफल भयौँ : अध्यक्ष हमाल 

नयाँ स्टक एक्सचेन्ज ल्याउन असफल भयौँ : अध्यक्ष हमाल 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितो पत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्सचेन्ज ल्याउन असफल भएको स्वीकार गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रवार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौति’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो स्वीकार गरेका हुन् ।

उनले नयाँ स्टक एक्सचेन्ज ल्याउने भनेको लामो समय प्रयास गरे पनि बोर्ड असफल भएका बताए । उनले पुँजी बजारमा प्रतिस्पर्धा गर्न नयाँ स्टक एक्सचेन्ज ल्याउन सबै प्रक्रिया पुर्‍याएर तीन कम्पनीको आवेदन परेको १२ /१३ महिनाको अवधि हुँदा पनि स्वीकृत गर्न नसकेको भन्दै धितो पत्र बोर्ड स्टक एक्सचेन्ज ल्याउन असफल भएको बताए ।

उनले सरकारले सरकारसँग जुध्न गाह्रो भएको भन्दै विश्वको पुँजी बजारसँग प्रतिस्पर्धा गर्ने नयाँ स्टक एक्सचेन्ज ल्याउन खोजेको बताए । उनले त्यस्तो भए मात्रै पुँजी बजारको सम्पूर्ण इकोसिस्टम सुधार हुने बताए । उनले बोर्डले सरकारी स्टक एक्सचेन्ज लाई सिद्ध्याउने भन्ने कुनै पनि मनसाय नभएको स्पष्ट पारे ।नेपालको कुनै पनि आर्थिक क्षेत्रमा मोनोपोली हुन नहुने भन्दै मनोपोली भए विकासको बाटोमा अगाडि बढ्न नसकिने बताए । उनले पछिल्लो समय हाइड्रो र रियल सेक्टर सुधार भइरहेको बताए ।

अध्यक्ष हमालले राइट शेयरमा केही गर्न खोजिरहेको बताए । उनले भने, ‘ब्रोकर कमिसनका विषयमा व्यवसायबीच डिभियसन हुनु हुँदैन, ब्रोकर कम्पनी पुँजी बजारका मुटु हुन्, ब्रोकर कम्पनीलाई मारमा पारेर कमिशन पुनरावलोकन हुँदैन ।

सरकार र सरकारी निकायहरूले केही गरेन मुलुकको अर्थतन्त्र डामाडोल भयो भने पनि अर्थतन्त्रमा सूचकहरू हेर्दा नेपालको अर्थतन्त्र सङ्कटग्रस्त भएको छैन, रिकोभरि भइरहेको छ, तर नेपाली समाज उत्ताउलो भयो, किनभने सामान्य विषयलाई पनि भयावह बनाइदिन्छन् । अहिले बैंकहरूसँग प्रशस्त तरलता रहेको छ ।’उनले सेबोनको शुल्क घटे पछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइने बताए ।

उनले पहिला सेबोनले लिने शुल्क घटे पछि मात्रै ब्रोकर कमिसन घट्ने बताए । उनले ब्रोकर कम्पनी पुँजी बजारका मुटु भएको पनि बताए । उनले सरकार र सरकारी निकायहरूले केही गरेन मुलुकको अर्थतन्त्र डामाडोल भयो भने पनि अर्थतन्त्रमा सूचकहरू हेर्दा नेपालको अर्थतन्त्र सङ्कटग्रस्त नभएको बताए ।