काठमाडौं – सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट एक करोड एक लाख रुपैयाँ जम्मा भएको छ। सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एक लाख रुपैयाँ बराबरको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने इन्स्योरेन्स कम्पनीलाई सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गरे। उक्त कोषमा आइतबारसम्म नौ करोड ३० लाख रुपैयाँजम्मा भएको अर्थमन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए।





About Us
प्रतिक्रिया