काठमाडौं – आज सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन ३९.९२ अंकले बढेर २६ सय २२ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा ०.९७ अंक बढेर २६ सय १ दशमलव २० को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसनभरिमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
यस सेसनमा २ करोड ८ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ४४ हजार ८ हजार ६१ कित्ता शेयर किनबेच भएको छ।



About Us
प्रतिक्रिया