माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईबाट रेमिट्यान्स सेवा सहज


काठमाडौं – माछापुच्छ्रे बैंक र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।

विदेशबाट नेपालमा आउने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउनको उद्देश्यका साथ सम्पन्न यस सहकार्यले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन र प्राप्त गर्न थप सुविधा प्रदान गर्नेछ।

सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

यस सम्झौताको प्रभावले अब यूएईमा रहेका नेपालीहरुले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट रकम पठाएपछि, नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ्ग सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सक्नेछन् ।