काठमाडौं – सिद्धार्थ बैंकले ऋणीलाई ऋण प्रदान गर्ने भन्दै स्वीकृत गरेपछि पनि ऋण नदिने गरेको पाइएको छ। बैंकले ४/५ वर्ष अघि नै १९ करोड ऋण स्वीकृति गरेपनि भुक्तानी नदिएको तथ्य बाहिरिएको हो। बैंकले ऋण दिनका लागी सबै कागजात संकलन गरेर सबै प्रक्रिया पूरा गरेपनि सम्पूर्ण रकम भुक्तानी नगरेर मानसिक तनाव दिएको व्यवसायी विभा सिंह बताउँछिन्।
उनले पूर्वी नेपालमा ‘रोलिङ्ग मिल’ सञ्चालनका लागि अघि बढ्दै गर्दा सिद्धार्थ बैंकले घरमै पुगेर ऋण स्वीकृत गर्ने प्रस्ताव गरेपछि त्यहीअनुसार अघि बढ्दा भुक्तानी नै नदिएको हो। ‘हामी पूर्वी नेपालमा रोलिङ मिल्स सञ्चालन गर्ने र व्यवसाय अघि बढाउने योजनामा थियौँ,’ उनले बैंकिङ्ग समाचारसँग भनिन्, ‘यो विषय जानकारीमा आएपछि सिद्धार्थसहित अन्य बैंकहरु सम्पर्क आएर फकाउन थाले ।’
विभाका अनुसार अन्य बैंकहरुसहित ‘मल्टि बैंकिङ्ग लोन’ अघि बढाउन चाहने पनि सिद्धार्थ बैंकले जम्मा १९ करोडको ऋण भएकाले एक्लैले दिने ढिपी गर्यो। जससँगै, उनीहरू सो बैंकसँग १९ करोड कर्जा सम्झौता गरेर सुनसरीमा उद्योग स्थापनका लागि जग्गा खरिद गरे।
तर, जग्गा खरिदपछि भने बैंकले कर्जा भुक्तानी नै अघि बढाएन। तर, पनि आफ्नै पैसामा मेसिनरीहरु किनेर अघि बढ्ने भनेर कर्जा भुक्तानी बिनै अघि बढेपनि अहिलेसम्म बैंकले स्वीकृत गरेको सम्पूर्ण कर्जा रकम नदिइसकेको विभा बताउँछिन्।
के भएको थियो ?
खासगरी, विभा सिंह रोलिङ्ग मिल खोल्नका लागी बैंकको लगानी खोजिरहेकी थिइन्। उनलाई सो समयमा करिब २/३ वटा वाणिज्य बैंकले लगानी गर्न चाहेको भन्दै प्रस्ताव पेस गरेका थिए। उनलाई सो समयमा प्रभु बैंक, एनआईसी एशिया लगायत बैंकले मिल खोल्नका लागी कर्जा उपलब्ध गराउने प्रस्ताव गरेका थिए । यसैक्रममा उनले मिल खोल्न चाहिरहेको क्षेत्रमा रहेको सिद्धार्थ बैंकको स्थानीय शाखाले सम्पूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जारी गर्यो र सम्झौता गर्यो।
उनले त्यस समयमा कर्जा लिनका लागी चाहिने सबै कागजात तयार पारिसकेकी थिइन्। दुरीको हिसाबले नजिक कार्यालय रहेको सिद्धार्थ बैंकले कर्जा दिने भनेपछि सो ऋणका लागी तयार पारिएको सबै कागजात सिद्धार्थ बैंकलाई दिइन्। सिंहबाट कागजात लिएर बैंकले उनको कर्जा दिने प्रक्रिया अघि बढायो। केही समयपछि कर्जा स्वीकृत भएको जानकारी पनि गरायो। र, केही ‘ल्याण्ड पर्चेज’ भुक्तानी समेत गर्यो।
त्यसपछि मेसिनरी खरिदका लागि समेत केही रकम भुक्तानी गर्यो र त्यसपछि रकम दिन छाड्यो। तर, जग्गा खरिद र मेसिनरी खरिदका लागि निश्चित रकम दिएपछि भने बैंकमा तरलता अभावको कारण देखाउँदै रकम दिन छाड्यो र ३–३ महिनामा ब्याज खाने लक्ष्यसहित भुक्तानी सुरु गर्यो । सिद्धार्थ बैंकसँग सम्झौता गर्नुअघि कर्जाका लागि ‘मल्टि–बैंकिङ्ग’को प्रस्ताव गरे पनि बैंकले अस्वीकृत गर्यो।





About Us
प्रतिक्रिया