ऋणपत्र निष्काशन गर्दै निर्धन उत्थान लघुवित्त


काठमाडौं – निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्काशन गर्ने भएको छ । संस्थाले १ अर्बको सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न लागेको हो ।

संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्न स्वीकृतिका लागी नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ । राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि जारी गर्नेछ ।