एनएमबि बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?


काठमाडौं – एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत (कर प्रयोजनार्थ) सहित कूल १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

सो लाभांश नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने बैंकले जनाएको छ ।