सोलु हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?


काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता शेयर बिक्री खुला गरेको छ । जसमध्ये १ करोड कित्ता स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीको सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने स्थानीयले पुस ७ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाले मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।