सर्वेयरहरु कम्पनीसँग मिलेका हुन्छन् भन्नु सर्वेयर कम्युनिटीलाई बदनाम गर्नु सिवाय अरु केहि होइनः सर्वेयर झा


बैंकिङ्ग समाचार, काठमाडौं । 

इन्जिनियर तथा सर्वेयर गजेन्द्र कुमार झाले जागिर बचाउन सर्वेयरहरु कम्पनीसँग मिलेका हुन्छन् भन्नु सर्वेयर समुदाय (कम्युनिटी) लाई बदनाम गर्नु सिवाय अरु केहि नभएको बताएका छन् ।  बृहत आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३ को दोस्रो सत्रमा बोल्दै झाले यस्तो बताएका हुन् ।

उनले सर्वे वा सडक सबैको डिजाइन ,रनिङ बिल सरकारसँग हुने गरेको र यसमा तलमाथि नहुने समेत जिकिर गरे । 

\"\"

‘दुई किलोमीटर ,चार किलोमीटर सर्वे या सडक सबैको डिजाइन , ड्रइङ , इस्टिमेट, पेमेन्ट जुन सरकारले गर्छ त्यसको आइपिसी हुन्छ ,रनिङ बिल हुन्छ । यसमा तलमाथि हुदैन , आफ्नै सर्वेयर लयाएर जाँच्न पनि मिल्छ । ’ उनले भने ।

बीमा दाबी भुक्तानीमा बीमा सर्वेयरको अन्त्यतै महत्त्वपूर्ण भुमिका रहेको र बीमा सर्वेयर नेपाल बीमा प्राधिकरणबाट ताालिमप्राप्त अनुमति पत्र प्राप्त गरेको एउटा स्वतन्त्र आयोजक रहेको बताए । 

बीमा सर्वेयरले मापदण्ड भित्र रहेर त्यसकै आधारमा सर्वे गर्ने पनि उनले बताएका छन्  ।

‘बीमा सर्वेयरल बीमालेख मापदण्ड र जुन विश्वको बेस्ट इन्जिनियरिङ क्राइट एरिया हो त्यसको आधारमा सर्वे गर्छ ।’ उनले भने । 

बीमा सर्वेयर कम्पनी र बीमित कसैप्रति पनि उत्वरदायी नहुने उनको भनाई छ । 

\"\"

‘बीमा सर्वेयर न त कम्पनीप्रति उत्वरदायी हुन्छ न त बीमितप्रति उत्वरदायी हुन्छ । आफ्नो पेशाप्रती उत्वरदायी हुन्छ । कागजातको आधारमा साइटमा भएको क्षती आफ्नो क्षमताले मुल्यांकन गरेर सत्य कुरा ल्याउने गर्छ ।’ उनले भनेका छन् । 

\"\"