बैकिङ्ग समाचार,काठमाडौं ।
राष्ट्र बैंकले सरकारको लागि शुक्रबार ९ अर्ब चार करोड रुपैयाँ ऋण उठाउन बोलकबोल आह्वान गर्ने भएको छ ।
शुक्रबार बैंकले ६ वर्ष अवधिको यो ऋणपत्रको लागि बोलकबोल आह्वान गर्ने भएको हो ।
यो ऋणपत्रमा कम्तीमा ५० हजार र बढीमा ५० हजारले भाग निशेष जाने रकमसम्म लगानी गर्न सकिन्छ ।
यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुने भएको छ ।
ऋणपत्रको लागि बैंक तथा वित्तीय संस्था, अन्य संस्था र नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।
राष्ट्र बैंकले प्रतिस्पर्धीको लागि सात अर्ब ६८ करोड ४० लाख रूपैयाँ र अप्रतिस्पर्धीको लागि एक अर्ब ३५ करोड ६० लाख रूपैयाँ छुट्याएको छ ।
प्रतिक्रिया