श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर नेप्सेमा सूचिकृत 


काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको शेयर आज (मंसिर५) गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ। आज नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता शेयर सूचिकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर र १ करोड ३० लाख ५० हजार कित्ता संस्थापक शेयरधनीहरुले लगानी गरेको शेयर नेप्सेमा सूचिकृत भएको छ। 

कम्पनीको सो शेयर आइतबारदेखि दोस्रो बजारमा नियमित कारोबार हुनेछ। कम्पनीले १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्चमा आफ्नो पहिलो कारोबार गर्नेछ।