काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली घर भई ललितपुर बस्ने २० वर्षीय आसमान बिक रहेका छन् ।
उनले एक जनालाई क्यानडा पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका– ११ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया