काठमाडौ – कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको हो।
सो सभाले हाल कायम चुक्तापूँजीको ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया