काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तोकेको छ। कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनी जनाएको छ।



About Us
प्रतिक्रिया