लक्ष्मी सनराइज बैंकले ऋण चुक्ता नगर्ने ऋणीको धितो पुनः लिलामीमा राख्यो


काठमाडौं – लक्ष्मी सनराइज बैंकले ऋण चुक्ता नगर्ने ४० बढी ऋणीको धितो बापतको जग्गा लिलामी राखेको छ। बैंकले आज मंसिर ३ गते बुधबार एक सूचना जारी गर्दै ४३ जना ऋणीको धितो पुनः लिलामी बिक्रीमा राखेको हो।

बैंकले ऋणीहरूलाई पटक -पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋण चुक्ता नगरेपछि बैंकले ७ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ। बैंकले यसअगाडि ३५ दिने, १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा भुक्तानी नगरेपछि बैंकले पुनः सूचना राखेकाे हाे।

इच्छुक खरिदकर्ताले बोलपत्र सम्बन्धी सर्त बन्देजसहितको बोलपत्र फारम बैंकको प्रधान कार्यालय हात्तीसारस्थित कर्जा असुली शाखामा आवेदन दिन सक्नेछन्।