नेप्सेमा दोहोरो अंकको वृद्धि देखिदा बढ्यो कारोबार रकम


काठमाडौं – साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १५.७० अंकको बढेर २५ सय ६६ दशमलव ७ को बिन्दुमा बजार बन्द भएको छ।

आज २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै साहास उर्जा लिमिटेडको शेयर कारोबार भएको छ। यस कम्पनीको आज २२ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, भूगोल हाइड्रोपावरको १५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१ लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.५४ प्रतिशतका दरले गुमाएका हुन्।