ऋणपत्र ल्याउँदै लक्ष्मी सनराइज बैंक, धितोपत्र बोर्डसँग माग्यो अनुमति


काठमाडौं – लक्ष्मी सनराइज बैंकले ऋणपत्र ल्याउने प्रक्रियालाई अगाडि बढाएकाे छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ३ अर्ब रुपैयाँ बराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर–२०९२’ ल्याउन अनुमति मागेका हाे।

धितोपत्र बोर्डले अनुमति दिएमा लक्ष्मी सनराइज बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र १० वर्षे अवधिको हो।

यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।