सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले नर बहादुर गुरुङको नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकले विद्यमान संस्थापक शेयरधनीलाई दिएको छ। 

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। इच्छुकले आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।