बैकिङ्ग समाचार,काठमाडौं ।
आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्न समय अवधि थप गरेको छ । साना करदातालाई सुविधा दिन विभागले चार महिनामा करको विवरण बुझाउने गरी समय थप गरेको हो ।
शुक्रबारसूचना जारी गर्दै विभागले वार्षिक एक करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदातालाई चार चार महिनामा विवरण पेश गर्न पाउने गरी व्यवस्था गरेको जनाएको हो ।
२०८० साउनदेखि विवरण बुझाउने अवधिलाई मासिकबाट चौमासिक कायम गरिएको विभागले जनाएको छ ।
यसअघि मासिक रुपमा विवरण दाखिला गर्दै आएका करदाताले अब २०८० साल साउनदेखि हरेक चार महिना अर्थात साउन, भदौ, असोज र कार्तिकको विवरण मंसिर २५ गतेसम्म बुझाउनुपर्नेछ ।
करदाताले मासिक रुपमा नै कर विवरण दाखिला गर्न चाहे त्यो सुविधा पनि जारी रहने र त्यसका लागि करदाताले सम्बन्धित राजस्व कार्यालयमा आजको मितिले १५ दिन भित्र जानकारी दिनुपर्ने विभागले जनाएको छ ।
प्रतिक्रिया