काठमाडौं – शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २.५ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, सोही बैठकले मंसिर २५ गते, बिहान १०ः३० बजे साधारण सभा बोलाउने निर्णय समेत गरेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया