बैकिङ्ग समाचार,काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरीले जानकारी दिएका छन् ।
उनका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो ।
प्रतिक्रिया