काठमाडौं – काभ्रेको पनौती नगरपालिका– ४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा मणिक समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ३० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया