बीमा कसैले बुझ्दै बुझ्दैन भन्नु भ्रम होः अध्यक्ष सिलवाल 

बीमा कसैले बुझ्दै बुझ्दैन भन्नु भ्रम होः अध्यक्ष सिलवाल 


बैंकिङ्ग समाचार, काठमाडौँ । 

बीमा कसैले बुझ्दै बुझेन भन्नु आजको दिन भ्रम रहको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन । बृहत आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३ को पहिलो सत्रमा बोल्दै यस्तो बताएका हुन् । 

\"\"
साथै बीमाको बारेमा नेपालको सबैलाई जानकारी भएको उनले बताए । ‘बीमाको बारेमा नेपालको सबैलाई जानकारी छ ।’ उनले भने ‘मलाई लाग्दैन बीमाको बारेमा नसुनेको नबुझेको कोही पनि छैन । आजको दिनमा हुम्लाको कुनै विकट गाउँमा पनि बीमाको कार्यक्रम चलिरहेको छ । हामी दुई वर्षको अवधिमा करिब ३ सय स्थानीय तहमा पुगिसकेका छौं । स्थानीय सरकारसँग हामीले बीमाको बारेमा विशेष रुपमा कुरा गरेका छौं ।’ त्यसकारणले बीमाको बरेमा जानकारी नै छैन र बीमा कसैले बुझ्दै बुझेन भन्नु आजको दिनमा भ्रम रहेको उनले बताए ।

\"\"
त्यस्तै नेपाल सरकारले बीमाको बारेमा बुझ्न जरुरी रहेको अध्यक्ष सिलवालले बताँछन । सरकारले बीमा भनेको के हो ? बीमा  किन आवश्यक छ ? भन्ने कुरा जान्न जरुरी रहेको उनले बताए । उनले भने ‘सरकारले बीमालाई कस्तो किसिमले स्वीकार गरेको छ भन्ने कुराले पनि आमजनतामा बीमालाई कसरी लिने भन्ने कुरा निर्धारण गर्छ । उनले भने, उनी उदाहरण दिँदै भन्छन् ‘सिंहदरबारको बीमा छैन सरकारले कुनै पनि संरचनाको, सरकारी सम्पतिको बीमा नभएको भन्दै चिन्ता व्यक्त गरेका  छन् ।

सरकारले आफ्नो बीमा नीति ल्याउनु पर्ने उनको आग्रह रहेको छ । मुलुकको सबै प्रकारको नीति हुँदा बीमा क्षेत्रको नीति किन छैन भन्दै  उनले सरकार समक्ष प्रश्न समेत गरेका छन् ।
उनी भन्छन ‘सरकारलाई हाम्रो आग्रह छ सरकारले आफ्नो बीमा नीति ल्याओस । यो मुलुकको धेरै संस्थाहरुको नीति छ कार्यक्रम छ तर बीमाको नीति नै छैन । बीमा नीति आयो भने मात्र बल्ल सरकारले बीमा क्षेत्रलाई महत्व दिन सुरु गर्यो भनेर बुझ्न सकिन्छ ।’ 

\"\"
बीमा क्षेत्रमा काम गरीरहेकाहरुका लागि सरकारले मोटिभेट नगरेको उनको बुझाई छ । गरीब तथा सिमान्तकृत वर्गसँग बीमाको पहुँच पुर्याउनुपर्ने उनले औँल्याएका छन । त्यस्ता वर्गसम्म बीमा पुग्यो भने उनीहरुले बीमामार्फत धेरै नै फाईदा पाउनसक्ने उनको बुझाई छ । मोडेरेटर दिल भुषण पाठकको प्रश्नहरुको उत्तर प्रस्तुत गर्दै उनले भने, ‘बीमाबाट सबै भन्दा बढी फाईदा पाउनुपर्ने वर्ग भनेको गरिब तथा सिमान्तकृत वर्ग हो ।’ संसारमा कुनैपनि बीमाको  सतप्रतिशत दाबी भुक्तानी नहुने बताउँदै उनले भने, ‘नेपालमा २ बर्षको तथ्याङक हेर्ने हो भने दाबी भुक्तानीमा सन्तुष्टि लिनुपर्ने ठाँउ रहेको छ । दाबी भुक्तानीको लागि हाम्रा बीमा कम्पनीहरु राम्रो पोजिसनमा रहेका छन ।’ उनले अब बीमा क्षेत्रले पनि डिजिटल प्रविधिको प्रयोग गरेर बीमा गराउनुपर्ने र बीमा कम्पनीहरुले उच्चतम डिजिटल प्रणालीको प्रयोग गर्दैै जनताहरुलाई सहज र सुलव बीमा सेवा प्रादन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको ठहर छ ।

\"\"