मंसिरका लागि घट्यो बैंकहरुको ब्याजदर, कुनमा कति पाइन्छ ?


काठमाडौं – वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।

मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ औसत ब्याजर ५.०३ प्रतिशत कायम भएको छ । उता कार्तिक महिनामा व्यक्तिगततर्फ औसत ब्याजदर ५.२० प्रतिशत थियो । बैंकहरुको संस्थागततर्फ औसत ३.५८ प्रतिशत कायम भएको छ भने कात्तिकमा संस्थागततर्फ औसत ३.६८ प्रतिशत ब्याजदर थियो । मंसिर महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

मंसिर महिनाका लागी ब्याजदर घटाएको कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.७० प्रतिशत, कुमारी बैंकले ४.९१ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.८० प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.७५ प्रतिशत, सिटिजन्स बैंकले ४.७५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.७ प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, सिद्धार्थ बैंकले ५ प्रतिशत, नबिल बैंकले ४.७५ प्रतिशत, सानिमा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याज दिनेछ ।

यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा कात्तिकै ब्याजदरलाई निरन्तरता दिएका बैंकहरुमध्ये एभरेष्ट बैंकले ५ प्रतिशत, नेपाल बैंकले ५.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, प्रभु बैंकले ४.९५ प्रतिशत, माछापुच्छ्रे बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत ब्याज दिनेछन् ।