बैंकिङ्ग समाचार मुम्बई, भारत ।
भारतको मुम्बईमा चलिरहेको ‘ग्लोबल फिनटेक फेष्ट’मा नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तिय समावेशीताको विषयमा प्रकाश पार्ने भएका छन । उनले नेपालमा भइरहेको वित्तिय समावेशीता, वित्तीय साक्षरता लगायतका विषयहरुमा आफ्ना तर्कहरु प्रस्तुत गर्ने भएका हुन ।
उक्त फेष्टमा नेपालबाट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सहित नेपालका तर्फबाट कुल ६० जना विभिन्न फिनटेक तथा डिजिटल एक्स्पर्टहरुको सहभागिता रहेको छ ।
उक्त फेष्टमा ‘द कि टु फ्युचर अफ क्रस बोर्डर पेमेन्ट’ सत्रको छलफल कार्यक्रममा आइएमई पेका सीईओ प्रविन रेग्मीले आफ्नो विचार व्यक्त गरेका छन् ।
यस्तै, यस फेष्टको अन्य सत्रहरु ‘इमर्जिङ्ग ट्रेण्ड्स इन क्रस बोर्डर पेमेन्ट’ मा नेपालका तर्फबाट स्मार्ट च्वाइज टेक्नोलोजिज (एससिटी) का सीईओ नारायण भुजु र नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) का सीईओ सन्जिव सुब्बाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया