काठमाडौं – अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन्।
वीरगन्ज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई प्रलोभन देखाइ विभिन्न बैंकहरूको मनी म्युल खाता खोलाई उक्त खाताहरूमा सामाजिक सञ्जाल मार्फत फिसिङ, ओटिपी, फ्रड, जब स्क्याम तथा फेक अनलाइन र एआईबाट विभिन्न कम्पनीको आवश्यक पर्ने कागजातहरू बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ४३ थान एटिएम कार्डसहित पक्राउ गरेको हो।
साथै,उनीहरूले विभिन्न व्यक्तिहरूको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोडभन्दा बढी अवैध कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ। उनीहरू माथि बैंकिङ्ग कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहकेकाे प्रहरीले जनाएकाे छ।






About Us
प्रतिक्रिया