काठमाडौं – यो साता शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ५१ अंक घटेको छ। यस साता शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम समेत घटेको छ।
यस साता भएको ५ कारोबारमा ३ दिन बजार घटेको छ भने २ दिन बढेको थियो। यससँगै, साता १८ अर्ब माथिको शेयर कारोबार भएको छ। याे साता आइतबार नेप्से ३०.०२ अंक, सोमबार सोमबार ४.१५ अंकले घटेको थियो।
यस्तै, मंगलबार नेप्से सामान्य अंक ३.२१ ले बढ्दा बुधबार २०.५६ अंकले घट्यो। त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार १.१३ अंकले घटेसँगै यो साता बजार२५ सय ४५.७३ को बिन्दुमा बन्द भयो।
कुन दिन कति कारोबार ?
आइतबारः ४ अर्ब ५६ करोड रुपैयाँ
सोमबारः ४ अर्ब २ करोड रुपैयाँ
मंगलबारः ३ अर्ब ५८ करोड रुपैयाँ
बुधबारः ३ अर्ब ७७ करोड रुपैयाँ
बिहीबारः ३ अर्ब ४३ करोड रुपैयाँ






About Us
प्रतिक्रिया