लुम्बिनी प्रदेशका बैंकहरुको कुल कर्जा लगानीमा २.९२ प्रतिशतको वृद्धि


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा २.९२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७७ अर्ब २७ करोड पुगेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८२ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २.९२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७७ अर्ब २७ करोड ६० लाख पुगेको हाे।

त्यसैगरी, २०८१ असारमसान्तमा बैंक तथा वित्तीय संस्थाको यस प्रदेशको कर्जारनिक्षेप अनुपात ८७.४५ प्रतिशत रहेको छ। कुल कर्जाको जिल्लागत अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लाको ५०.४६ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुमपूर्व जिल्लाको ०.२३ प्रतिशत रहेको छ।

त्यसैगरी, कर्जा/निक्षेप अनुपात सबैभन्दा धेरै बाँकेजिल्लामा १३३.४९ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्घाखाँची जिल्लामा १४.४१ प्रतिशत रहेको छ। २०८२ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुका ऋणीहरुको सङ्ख्या २०८१ असार मसान्तको तुलनामा सामान्य ह्रास भएको छ।