सिंहदरबार लगायत सरकारी संरचनाको बीमा नै छैनः अध्यक्ष सिलवाल 

सिंहदरबार लगायत सरकारी संरचनाको बीमा नै छैनः अध्यक्ष सिलवाल 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल सरकारले बीमाको बारेमा बुझ्न जरुरी रहेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । आज बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३मा बोल्दै यस्तो बताएका हुन ।

सरकारले बीमा भनेको के हो? बीमा  किन आवश्यक छ भन्ने कुरा जान्न जरुरी रहेको उनले बताए । ‘सरकारले बीमालाई कस्तो किसिमले स्वीकार गरेको छ भन्ने कुराले पनि आमजनतामा बीमालाई कसरी लिने भन्ने कुरा निर्धारण गर्छ । उनले भने, उनी उदाहरण दिँदै भन्छन् ‘सिंहदरबारको बीमा छैन्। सरकारले कुनै पनि संरचनाको, सरकारी सम्पतिको बीमा नभएको भन्दै चिन्ता व्यक्त गरेका  छन् ।