बैंकहरुमा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानीकर्तामा मनोबल देखिँदैन: अध्यक्ष पाण्डे 


काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले बैंकहरुमा खर्बौँ लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानीकर्तामा मनोबल नहुँदा लगानी हुन नसकेको बताएका छन्। 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानी गर्न असुरक्षित रहेको अनुभव गरिएको बताएका हुन्। 

उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल बिन्दुमा आउँदा पनि लगानी गर्न सक्ने अवस्था नभएको बताएका छन्। उनले जेनजी आन्दोलनको प्रभाव पनि व्यवसायमा देखिएको उल्लेख गरेका छन्।