बैंकहरुमा भएको तरलता व्यवस्थापन गर्न लघुवित्तले प्रवाह गर्ने कर्जाको सीमा बढाउनुपर्छ: अध्यक्ष यादव 


काठमाडौं – नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बैंकहरुमा भएको तरलता व्यवस्थापन गर्न लघुवित्तले प्रवाह गर्ने कर्जा सीमा बढाउन आवश्यक रहेको बताए। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले लघुवित्तले दिने कर्जा लगानीको सीमा बढाउन आग्रह गरेका हुन्। 

उनले ग्रामीण भेगका मानिसहरुले हाल पनि कर्जा नपाएको अवस्थामा बैंक तथा वित्तीय संस्थाले तरलता बोकेर बस्नुपर्ने अवस्था आएको बताए। 

उनले कृषिमा लगानी बढाउन पनि लघुवित्तको कर्जा सीमामा पुनर्विचार गर्नुपर्ने बताएका हुन्। उनले ग्रामीण भेगका जसमा पनि महिलाहरूको बढी सहभागिता रहेको वित्तीय संस्थाले २०/२५ लाखसम्म धितो कर्जा दिन पाउने व्यवस्था गर्नुपर्ने बताए।