काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरुको ध्यान सम्पत्ति व्यवस्थापन गर्नमा रहेको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारणसभामा उनले बैंकिङ्ग क्षेत्र इतिहासकै दबाबमा रहेको बताएका हुन्।
बैंक तथा वित्तीय संस्थाले सकारेको धितो बिक्री गर्न नसक्दा थप चुनौती सिर्जना भएको बताए। गैह्रबैंकिङ्ग सम्पत्ति व्यवस्थापनमा विषेश जोड दिनुपर्ने र एसेट व्यवस्थापन कम्पनी स्थापनामा जोड दिनुपर्ने बताए।
उनले बैंकिङ्ग क्षेत्रमा बढ्दो एआईको प्रयोगलाई नियालेर प्रविधिमा लगानी गर्न बैंकहरुले जोड दिनुपर्ने बताए। उनले वित्त क्षेत्रलाई अब्बल बनाउन सके मात्रै व्यवसायमा पनि सहज हुने बताए। नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सिबिफिनले गर्नुपर्ने सहयोग गर्न तयार रहेको पनि बताए।



About Us
प्रतिक्रिया