काठमाडौं – साताको अन्तिम कारोबारको (बिहिबार) शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.१३ अंकले बढेर २५ सय ४५ दशमलव ७३ को विन्दुमा कायम भएको छ। आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ।
आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ। आज यस कम्पनीको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै कमाउनेमा सागर डिष्टिलरी र माबिलुङका लगानीकर्ता रहेका छन्। आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ४.८२ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया