संरचनागत सुधार नगरे मुलुकमा वैदेशिक लगानी आउन नसक्ने पूर्वअर्थमन्त्री शर्माको भनाई 

संरचनागत सुधार नगरे मुलुकमा वैदेशिक लगानी आउन नसक्ने पूर्वअर्थमन्त्री शर्माको भनाई 


बैकिङ्ग समाचार,काठमाडौं । 

पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार इन्स्टिच्युट अफ सोसियो ईकोनोमिक रिसर्च (आइएसएसआर)ले आयोजना गरेको स्माल स्टेक क्यापाविलिटीज ः नेभिगेटिङ कम्टिसन एण्ड फरेन फोलिसी प्रायोरिटीज इन नेपाल कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

उनले नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि लगानीका सम्भावना परिचालन गर्न नसकेको बताए ।

पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत, चीन र अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कूटनीतिका कारण प्राप्त भइरहेको तर्क गरेका छन् । 

नेपालको अर्थ–कूटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको पनि पूर्वअर्थमन्त्री शर्माले बताएका छन्  ।