काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन ३.२१ अंकले बढेर २५ सय ६५ दशमलव १६ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा ०.६१ अंक बढेर २५ सय ६५ दशमलव ७७ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ। यस सेसनमा ९२ लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ५ हजार ८ सय २५ कित्ता शेयर किनबेच भएको छ ।





About Us
प्रतिक्रिया