अनसन बसिरहेको पीडितमाथी हातपात 

अनसन बसिरहेको पीडितमाथी हातपात 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नौ दिनदेखी अनसन बसिरहेको पीडितमाथी हातपात भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान(आईओई)ले गरेको शुल्क वृद्धिविरुद्ध ९ दिनदेखी आमरण अनसन बसेका नेविसंघका नेता शुलभ चापागाईँमाथी हातपात भएको छ । ने वि संघका केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले विर हस्पिटलको क्याबिन न.३०९ मा धम्किपूर्ण दवाब दिदै राती १० बजे हातपात गरी बन्द कोठामा थुनेर जबर्जस्ती अनसन तोडाएको शुलभ चापागाईँले बैंकिङ्ग समाचारलाई बताए ।

साथै आन्दोलमा सहयोग गरिरहेका बबिन बस्नेत, रमेश के.सी,सागर शर्मा माथी समेत हातपात भएको एक नेताले बताए ।‘हामी उसको बेड नजिक थियौं । उनीहरु क्याबिन भित्र आए, भित्र भएकालाई क्याबिनको ढोकाबाट वाहिर निकाले, त्यसपछि ३ जनाको टिम दुजाङ शर्मा, रमेश के.सी, बबिन बस्नेत क्याबिन भित्र गए,त्यसपछि चर्काचर्की र हातपात गरेको हो’ उनले भने ।  

नेता चापागाईँले आफ्नै संगठनका अध्यक्षप्रति असन्तुष्टि जनाउँदै पदबाटसमेत राजीनामा दिएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई सभापति चापागाईँलाई बुधवार सरकारसँग भएको उधारो सम्झौतापछि अध्यक्ष दुजाङ शेर्पाले जबर्जस्ती अनसन तोडाएको नेविसंघका नेताहरूको आरोप छ । शेर्पाले बन्द कोठामा थुनेर जबर्जस्ती अनसन तोडाएपछि उनले बिहीबार इकाई सभापतिबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

सत्ता गठबन्धननिकट विद्यार्थी संगठनहरु र त्रिवि पदाधिकारीबीच बुधवार शुल्क वृद्धि फिर्ता लिने सम्झौता भएको थियो । यद्यपि उक्त सम्झौता कार्यान्वयनबारे सहमति पत्र अन्योलमा छ । नेता चापागाईँले समाजिक संञ्जाल फेसबुक मार्फत आफहरु सुरक्षित नभएको बताएको छ । उनले फेसबुकमा लेखेका छन् । 
मिति २०८०/०५/०४ ई. अ. स. ले निकालेको शुल्क बृद्दिको फिर्ताको माग गर्दै म ( सुलभ चापागाई ) २०८०/०५/०५ गते देखि २०८०/०५/१३ गते ( ९ औँ ) दिनसम्म आमरण अनशन बसेको यहाँहरुलाई अवगत नै छ।इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ र गुणस्तरिय बनाउने हेतुले हामीले गरेको सत्याग्रहको हिजो ९ औँ दिनमा त्रि. वि. का पदाधिकारी र विभिन्न विधार्थी सङ्गठनका पदाधिकारीहरु बिच ५ बुदे निर्णय भयो। ई. अ. स. का कुनै पनि प्रतिनिधिको हस्ताक्षर नरहेको र सो निर्णयहरुको कार्यावन्यनमा जटिलता हुनसक्ने भन्दै (हिजै दिउँस Dean सहित IOE का पदाधिकारीहरुसँग प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले कुनै निष्कर्षदिन नसकेको र VC ले निर्देशन गर्दैमा Dean कार्यालयले शुल्क बृद्धि फिर्ता गर्नेमा शंकास्पद थिए र सोहि कुरा मैंले अध्यक्षज्यू लाई बारम्बार अवगत गराउँदै  गर्दा ने. वि. संघका केन्द्रीय समितिका अध्यक्ष दुजाङ सेर्पालाई राख्दै गर्दा डिन लगायत ई. अ. स. को कुनै पदाधिकारीको हस्ताक्षर हुदैन भन्दै विर हस्पिटलको क्याबिन न. ३०९  मा धम्किपुर्ण दवाब दिदै मलाई अनवरत सहयोग गरिरहनु भएका दाइहरू बबिन बस्नेत र रमेश के. सी. लाई कुटपिट र म स्वयमलाई ९ औँ दिनदेखि सत्याग्रह बसिरहेको सुलभ चापागाईलाई धम्किपुर्ण गालिगलौज सहित भौतिक दुर्व्यवहार गरि अनशन तोड्ने परिबन्धमा पारियो।म स्वयमले असुरक्षित महसुस गरेर राति करिब १२ बजेतिर विर हस्पिटलको क्याबिन न. ३०९ बाट निस्केको थिए। तसर्थ, हामिसबैको  सुरक्षाको माग गर्दै नेपाल सरकार, नेपालि काँग्रेस पार्टी ,प्रहरि प्रशासन र सम्पूर्णको ध्यानाकर्षण गर्न चाहन्छु।

\"\"