सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको गृहमन्त्री श्रेष्ठको भनाई 

सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको गृहमन्त्री श्रेष्ठको भनाई 


बैकिङ्ग समाचार,काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् । 

बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्ते बताएका हुन् । 

उनले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताए । 

श्रेष्ठले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे । उनले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताएका छन् । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताए  ।