कारोबार सुरु भएकै दिन बन्दीपुरको शेयर मूल्यमा सकारात्मक सर्किट


काठमाडौं – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शेयर कारोबार भएको पहिलो दिनमै १० प्रतिशतले बढेर बन्द भएको छ । यो कम्पनीको शेयर हिजो (कात्तिक २४ गते) नेप्सेमा सुचिकृत भएसँगै आजबाट दोस्रो बजारमा आफ्नो कारोबार सुरु गरेको हो ।

पहिलो कारोबारको लागि नेप्सेले बन्दीपुर केवलकारलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसा ओपनीङ रेञ्च प्रदान गरेको थियो ।