बैकिङ्ग समाचार,काठमाडौं ।
शिबशिखर सहकारी र तुलसी सहकारीका सञ्चालक केदार शर्मा जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको थियो । सोहि आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । बचतकर्ताको अर्बौ रकम हिनामिना गरेको आरोपमा यसअघि शर्माकी श्रीमती गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल जेल चलान भइसकेका छन् ।
प्रतिक्रिया