काठमाडौं – साहस ऊर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशतका दरले बोनस शेयर र १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो दरमा लाभांश वितरण गरिनेछ।
साथै, गत वर्षको साधारण सभाले पारित गरेको १ बराबर १ हकप्रद शेयर जारी गर्ने निर्णय संशोधन गरी हाल घोषणा भएको बोनस पछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत सो बैठकले गरेको छ।



About Us
प्रतिक्रिया