पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने मन्त्री किराँतीको भनाई 

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने मन्त्री किराँतीको भनाई 


बैकिङ्ग समाचार,काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसँच्चिएसम्म हतारमा पास गर्न नसकिने बताए । उनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने बताएका छन् ।

मन्त्री किराँतीले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको पनि बताएका छन् । उनले पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवद्र्धन गर्ने रहेको बताएका छन् ।